राजेन्द्र महतो, लहान । सिरहाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवले ५ हजार रुपैयाँ घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ परेका हुन् ।
भारतबाट नेपाल तर्फ समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुल्दै गरेको अवस्थामा प्रहरी जवान यादवलाई पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया