उदयपुर । उदयपुरमा नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ स्कुल डाँडा बस्ने ३१ वर्षिय सुरज राईलाई बिहिबार दिउँसो लागूऔषधसहित पक्राउ गरेको हो ।
उनलाई चौदण्ढीगढी नगरपालिका ४ नारदमुनी चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, बुप्रिनोर्फिन १० एम्पुल, डाइजेपाम १० एम्पुल, नगद ५ हजार ५० रुपैयाँ र करलेस फोन १ थान सहित पक्राउ गरेको हो । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया