उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएको भन्दै स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली र स्थानीयवासीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै गरी सोलुखुम्बुको सोताङ गाउँपालिका ४ कि १३ बर्षीया बालिका निर्मला भुजेल रोक खोलाले बगाउँदा बेपत्ता भएकी छन् । मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली र स्थानीयवसी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया