उदयपुर । गाईघाट बजारबाट आइतबार वन मुद्धामा फरार प्रतिवादी पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका ७ बस्ने ४२ वर्षिय टंक बहादुर मगरलाई गाईघाट बजारबाट प्रहरीले पक्राउ गरेको छ ।
मगर विरुद्ध वन मुद्दामा २ महिना ३ दिन कैद र रु. १७ हजार जरिवाना जिल्ला अदालतले गरेको छ । मगरलाई आइतबारै जिल्ला अदालत उदयपुरमा उपस्थित गराई कैद भुप्तानको लागि करागार चलान गरेको छ ।









