उदयपुर । उदयपुरमा एक बालक मृत भेटिएका छन् । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ३ बाराहा सिम्ले गैराका भरत मगरका १० वर्षिय छोरा गणेश मगर मृत फेला परेको हो ।
शुक्रबार दिउँसो धारापानी जंगलमा गाउँका केटाकेटीहरु घाँस काट्न गएका केटाकेटीहरुले देखेपछि गाउँलेलाई खबर गरेको लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाइँले जानकारी दिए । उनका अनुसार विगत ४ वर्षदेखि मानसिक सन्तुलन ठिक नभएका बालक गत मंसिर ८ गते घरबाट बेपत्ता भएका थिए ।
उनको खोजी कार्य गरेपनि भेटाउन नसकेपछि शुक्रबार भिरबाट लडेको अवस्थामा मृत भेटिएपछि प्रहरीलाई खबर गरेको वडा सदस्य कुमाइँले जानकारी दिए । उपचार हुन नसकेपछि परिवार झनै झनै उनका अनुसार अहिले मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट लगिएको बताए ।
पारिवारिक स्रोतका अनुसार आर्थिक अवस्था कमजोर र विगतका दिनहरुमा पनि बालकको उपचार गर्न अभिभावकले सक्दो प्रयास गरेपनि सुधार हुन नसकेपछि झनै समस्यामा परेका थिए । उपचारको लागि धेरै अस्पताल चाहरेपनि उपचार हुन नसकेपछि घरमै राखेका थिए ।









