उदयपुर । उदयपुरमा लागूऔषध सहित सोमबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउँदै गरेको स.१ ज ६०२ नम्बरको विङ्गरलाई त्रियुगा नगरपालिका ६ लालपत्तामा चेक जाँचको क्रममा दुई जनालाई लागूऔषध सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका १४ बस्ने १८ वर्षिय राजन खत्री र त्रियुगा नगरपालिका १० बस्ने १६ वर्षिय मनिष राईलाई चेकजाँचको क्रममा लालपत्ताबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट नाईट्रोजेपाम ट्याब्लेट ९० पिस सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाईको प्रतिक्रिया