उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ताप्ली गाउँपालिका–४ मा सोमबार करिव ७ बजे राति यारी खोलाबाट ठानागाउँतर्फ जाँदै गरेको ना.५त ६६०७ नम्बरको ट्याक्टरको ठक्करबाट ५१ बर्षीय होमबहादुर राना मगरको मृत्यु भएको हो ।
धान लोड गरेर यारी खोलाबाट ठानागाउँतर्फ जाँदै गरेको ट्याक्टर सडकका पैदल यात्रा राना मगरलाई ठक्कर दिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको एसपी मगरले बताए । ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।









