उदयपुर । उदयपुरमा करेन्ट लागेर शनिबार एक जना बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ लालपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर खड्ग बहादुर कटुवालको छोरा ११ वर्षिय कृष्ण कटुवालको मृत्यु भएको हो ।
साथीहरुसँग मिलेर स्थानीय मुखिया खोलामा करेन्टर लगाएर माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका कटुवालको उपचारका लागि कटारी अस्पताल ल्याई उपचारको क्रममा शनिबार साढे तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबहादुर खत्रीको छोरा १५ वर्षीय सुरेश खत्री र दिर्घबहादुर श्रेष्ठको छोरा १४ वर्षीय आशिष श्रेष्ठसँग खोलामा माछा मार्न गएको थियो । अहिले खत्री र श्रेष्ठलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको छ ।









