सिरहा । सिरहामा ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नरहा गाउँपालिका ३ बाट अवैध लागूऔषध ब्राउन सुगर २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका १० बस्ने २० वर्षीय रोशन कुमार यादव र २० वर्षीय सन्जित कुमार यादव रहेका छन् । यसैगरी गोलबजार नगरपालिका १० बाट सन्जित मुखिया र २१ वर्षीय संजय मुखियालाई पक्राउ परेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ९ सय ८० मिलीग्राम बराबरका १३ पोका, नगद २ हजार ९ सय ३० रुपैयाँ, मोबाइल २ थान २ र स.५प ३६०३ नम्बरको मोटरसाइकल सहित पक्राउ परेको छ ।

तपाईको प्रतिक्रिया