उदयपुर । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका – ५ कोङ्दे स्थित भिरबाट लडेर १ जना बिदेशी नागरिकको मृत्यु भएको छ ।
पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ बर्षिय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो १ बजेको समयमा भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय नाम्चेका अनुसार बाटोबाट करिब २ सय मिटर तल रहेको शवलाई उद्धार गरी लुक्ला तर्फ लैजाने कार्य गरीरहेको प्रहरीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया