राजेन्द्र महतो , लहान । सिरहाको बरियारपट्टि गाउँपालिकाबाट एसएलआर राइफल गोली सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टि ,सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई एसएलआर राइफलको गोली सहित पक्राउ गरेको हो ।
भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा साहको साथबाट एसएलआर राइफल गोली सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।









