राजेन्द्र महतो लहान । निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन। ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया