उदयपुर – उदयपुर प्रहरीले फरार प्रतिवादी प्रक्राउ गर्ने क्रममा अहिले सम्म नसोचेको सफलता प्राप्त गरेको छ । प्रहरीले करकाप मुद्दामा २५ रुपैया जरिमाना तोकिएका फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो ।
चौदण्डीगढी नगरपालिका–१० बस्ने ५८ बर्षीय देबल चौधरीलाई करकाप मुद्दामा २०६५ जेठ २४ गते उदयपुर अदालतले रु. २५ जरिमाना तोकेको थियो ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरबाट शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा अर्का चौदण्डीगढी नगरपालिका–४ बस्ने ३४ बर्षीय चण्डिराज राईलाई लागुऔषध मुद्धामा पक्राउ परेको छ । उनलाई २०७४ फागुन १६ गतेको जिल्ला अदालत उदयपुरको फैसला बमोजिम रु। २,००० रुपैया जरिवाना तोकेको छ ।
पक्राउ परेका उनीहरुलाई ईप्रका बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।