उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा शनिबार चेकजाँचको क्रममा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने वर्षीय १८ आयुस आयुस चौधरी र सोही ठाउँका वर्षीय १९ दिपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध फेनार्गन ४१ एम्पुल, डाईजेपाम ४३ एम्पुल र ब्रुपिनोर्फिन ४४ एम्पुल गरि जम्मा १२८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात निजहरु उपर लागुऔषध नियन्त्रण ऐन २०३३ आकर्षित देखिएकोले उक्त ऐन बमोजिम कार्वाही प्रक्रियाको लागि जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया