उदयपुर । उदयपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा मंगलबारदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।

उदयपुरमा सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुमा ट्राफिक सप्ताह २०८० शुरु भएको हो ।

गाईघाटमा स्थित त्रियुगा बसपार्कमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले एक सवारी चालक राजेन्द्र चौधरीलाई हेल्मेट लगाई दिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् । ट्राफिक सप्ताहको उद्घाटन गर्दै प्रमुख बस्नेतले ट्राफिक सप्ताह कार्यक्रम प्रवाभकारी रहेको बताएको छ । ट्राफिक सप्ताहलाई जनताले रमाईलोको रुपमा मात्र लिएको जनाए । ट्राफिक व्यवस्थापनमा नियम सबैले पालना गरेर सहयोग पुर्याउँनु पर्नेमा नियम उल्लंघन गर्नेहरुले नगरपालिका अथावा प्रहरीका उच्च अधिकारीहरुलाई आफ्ना मान्छे छुटाउँने अनुरोध गर्ने गरेको मेयर बस्नेतले बताए । नगरमा दुईवटा राजर्माग रहेको र बजारको बढ्दो सवारी चामलाई नियन्त्रण गर्नको लागि त्रियुगा र बरुवा बसपार्क पार्कीङ क्षेत्र उपयुक्त रहेकाले त्यस क्षेत्रमा पार्कीङ क्षेत्र निर्माण गरे सडक दुर्घट्ना न्युनिकरण हुँन सक्ने प्रमुख बस्नेतले बताए ।

यस्तै त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले हामी मानवहरुको व्यवहार बदल्नु पर्ने बताउँदै पछिल्लो समय कुनै व्यक्ति सडक दुर्घटनामा परेका छन् भने त्यस व्यक्तीलाई उद्दार कार्य तथा स्वस्थ्य चौकी वा प्रहरीलाई तत्कार खबर गर्नु पर्नेमा हामी फोटो तथा भिडियो साथै टिकटकमा कैद गर्नमा लाग्छौ । त्यसैले गर्दा यस्तो प्रविधिलाई अन्तय गरी हामीले आफ्नो विचार धारणलाई परिवर्तन गर्नेहो भने सडक सवारी दुर्घटना कम हुँन सक्ने बताईन् ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शहरीकरण बढे संगै बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले मात्रै नभएर नागरिकहरु पनि सचेत हुनु पर्ने अबस्था आएको बताउनु भयो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले सवारी चाँप बढे संगै दुर्घटनाका घटनाहरु समेत बढ्न थालेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले सचेतना, कारवाहि र ट्राफिक व्यवस्थापनमा काम गरिरहेको बताए ।गाईघाट स्थित पिपल चोकबाट प्रभातफेरी सहित सुरु गरिएको पहिलो दिनको कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ३ स्थित बसपार्कमा पुगेर एक कार्यक्रम सहित समापन गरिएको थियो । कार्यक्रममा प्रहरी, स्थानिय नागरिक, पूर्व प्रहरी, विद्यार्थी, यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।उदयपुरको ११ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनाबाट ३४ जना मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मंगलबारबाट सुरु भएको ट्राफिक सप्ताहको अबसरमा सार्वजनिक गरिएको तथ्यांक अनुसार असार १७ गते सम्मको विवरण अनुसार हाल सम्म १ सय ७७ सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको हो ।
हाल सम्म १ सय ७७ सवारी दुर्घटनामा २३० ओटा सवारी साधन संलग्न रहेकोमा दुर्घटनाबाट २८ पुरुष, ४ महिला १ बालिका र १ बालक सहित ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले जानकारी दिनु भयो । यता सवारी दुर्घटनाबाट ४८ महिला १४ पुरुष ८ बालक र २ बालिका सहित ७२ जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा १७१ पुरुष ६७ महिला ७ बालक र १५ बालिका गरी २६० जना सामान्य घाईते भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो । सवारी संचालनको क्रममा सामान्य तथा गम्भीर गल्तीका कारण सवारी दुर्घटना हुने गरेकाले त्यसको न्यूनीकरण गर्नू पर्नेमा जोड दिईएको छ ।यसै विच चालु आर्थिक बर्षको असार १७ गते सम्ममा उदयपुरमा २५ हजार २ सय ८६ सवारी साधनले ट्राफिक नियम उल्लघन गरे वापत एक करोड ७३ लाख ७३ हजार जरिवना स्वरुप राजश्व संकलन गरेको प्रहरीले जनाएको छ । कारबाहीमा ट्रकबाट २३ लाख ४३ हजार ५ सय, टिफरबाट ८ लाख २३ हजार, बसबाट १२ लाख ६० हजार ५ सय राजश्व उठेको छ । सवैभन्दा बढी ९४३ ओटा मोटर साइकल कारबाहीमा ६४ लाख ८ हजार राजश्व असुली गरेको छ ।

 

तपाईको प्रतिक्रिया