उदयपुर – जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले नेपाल राष्ट्र बैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बनाउन माग गरेको छ । संघले मंगलबारै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै ब्याजदर घटाउन माग गरेको थियो ।
बैकं तथा बित्तिय संस्थाहरुले लगानीमा बढाएको ब्याजदरले उद्योगी ब्यवसायी तथा समग्र निजी क्षेत्र धरायशी हुने अवस्था आएकोले नियन्त्रण गर्न माग गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चुडामणि कार्कीले बताए । उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको ऋणको चर्को ब्याज दर बृद्धिको सन्दर्भमा बिज्ञहरु राखेर उचित ब्यवस्थापन गरी ब्याज मात्र एक अंकमा राखी व्याज छुट गर्न साथै बैंकले लिने सेवाशुल्क, नविकरण शुल्कमा छुटका साथै स्प्रेड दर १ प्रतिशत कायम गर्न माग गरेको छ ।
नेपाल राष्ट बैंकले नयाँ मौद्रिक निति ल्याएर ब्याजदर बढाउने काम गरेको प्रति जिल्ला उद्योग वाणिज्य संघ उदयपुर जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

लामो समयको कोरोना काल र अर्कोतिर बढदो महंगीले दिनानुदिन थलापर्दै गईरहेको व्यवसायलाई सरकारको तर्फबाट राहत, सहलियत कर्जा लगायतको विशेष सविधा दिई व्यवसायीक संकटबाट माथी उकास्नुपर्ने ठाउँमा नयाँ मौद्रिक नितिले व्यवसायीहरु आन्दोलित हुन पुगेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आन्दोलन प्रति नेपाल निर्माण व्यवसायी संघ उदयपुर, जिल्ला काष्ट फर्निचर व्यवसायी संघ, उदयपुर, उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र, गाईघाट, नेशनल प्यावसन उदयपुर, सगरमाथा सुनचाँदी व्यवसायी संघ उदयपुुर, एल.पी. ग्यास व्यवसायी संघ उदयपुर, त्रियुगा ट्रयाक्टर ढुवानी व्यवसायी संघ उदयपुर, लोकतान्त्रिक निर्माण व्यवसायी संघ उदयपुर र होटल व्यवसायी संघ उदयपुरको एक्यवद्धता रहेको छ ।

ज्ञापन पत्र सहित

तपाईको प्रतिक्रिया