कटारी – कटारी बजारमा रहेको रियान्स सप्लायर्सले आफ्नो पसलबाट पेन्ट्स लिने कामदारलाई उपहार बितरण गरेको छ । विहिबार एक कार्यक्रमका बिच कटारी नगरपालिका ३ मा रहेको रियान्स सप्लायर्सले कामदारलाई मोटरसाइकल, टेलिभिजन, मोबाईल ,राइस कुकर, साइकल लगायतका सामग्री वितरण गरेको रियान्स सप्लायर्स कटारीका संचालक राजु खड्काले बताए ।
१५० सिसिको पल्सर मोटर साइकल लाले अधिकारी दनुवारले पाएका छन भने ३२ इन्चको टिभि प्रकाश राई दनुवार र सुख लाल राउतले पाएका छन। यस्तै १२ जनालाई विभिन्न ब्रान्डका मोबाईल समेत बितरण गरिएको थियो।

रियान्स सप्लायर्सबाट एसियन पेन्टका विभिन्न प्रोडक्टहरु विक्री गर्न सहयोग गरेवापत कामदारले क्वाईन पाउँछन त्यही क्वाईनलाई आधार मानेर पुरस्कार वितरण गरिएको प्रदेस १ ब्रान्च इन्चार्ज हरि खनालले बताए ।

तपाईको प्रतिक्रिया