कटारी । समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्वमा योगदान भन्ने मुल नाराका साथ उदयपुरको कटारीमा सामुदायिक वन स्थापना दिवस मनाइएको छ। २७ औं सामुदायिक वन उपभोक्ता दिवसको अवसर पारेर उदयपुरको कटारीमा अन्तर्कृया र बृक्षारोपणको कार्यक्रम गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा विभिन्न जातका बिरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै कटारी ३ का वडाअध्क्ष पुष्कर खड्काले उदयपुरको काठ उदयपुरका उपभोक्ताले उदयपुरमा नपाइने तर काठमाडौंमा पाइने परिपाटीको अन्त्य गरि उपभोक्तालाई काठ उपलब्ध गराउनु पर्ने बताए ।जथाभावी वन फडाँनी भईरहेको अवस्थामा वातावरण जोगाउन पर्ने कटारी ५ का वडाध्यक्ष मोहन तामाङले बताए ।

उदयपुर डिभिजनल बन कार्यलय त्रिवेणी कटारीका प्रमुख बिष्णु लाल घिमिरेले वन मानव जीवनसँग जोडिने भएकाले यसको संरक्षण र संवद्र्धन गर्ने कार्यमा सबै लाग्नुपर्ने बताए। सोही अवसरमा बोल्दै कटारी नगर उप प्रमुख गिता खड्काले बन जोगाउन सबै लाग्नु पर्नेमा जोडदिनु पर्ने बताउनु भयो।

सामुदायिक वन उपभोक्ता दिवसको अवसर पारेर सामुदायिक बनहरुलाई पुरस्कृत समेत गरिएको छ। अतिक्रमण नियन्त्रण ,जैबीक बिबिधता संरक्षण ,सिमसार ब्यबस्थापन तथा प्रर्याप्रयटनमा प्रबर्द्धन गरेकोले कटारी –५ को सिसाघारी सामुदायिक बनलाई प्रथम पुरुस्कार, प्रमाणपत्र सहित नगद १० हजार प्रदान गरिएको छ।

बन डढेलो नियन्त्रण तथा चरीचरन नियन्त्रण एबम जैबीक बिबिधता संरक्षण गरेको भन्दै पशुपती सामुदायिक बन कटारी ६ लाई नगद ७ हजार सहित प्रमाण पत्र सहित दोश्रो पुरुस्कार दिईएको थियो।

यता बन संरक्षण तथा ब्यबस्थापन गरेकोले उदयपुरगढि ५ गतिशिल सामुदायिक बनलाई ५ हजार नगद सहित तेस्रो पुरुस्कार दिईएको थियो
कार्यक्रम डिभिजनल वन कार्यालय त्रिवेणी, कटारीको सौजन्यमा कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र स्थानीय महासंघ कटारीको आयोजनामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया