रामपुर – पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भई उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ छिरेको छ ।
सप्तकोसी नदीको बाढी नदीभन्दा बाहिर आए पछि श्रीलंका टप्पु तर्फ ओभरफ्लो छिरेको बेलका नगरपालिकाका उपमेयर जिरा राईले बताईन् । उनका अनुसार भारत सरकारले कोशी नियन्त्रणको लागि लगाएको त्रिकुटी समेत बगाएर कोशीको ओभारफ्लो टप्पु तिर छिरेको छ । ठुलै बाढी नछिरेपनि कोशीको ओभरफ्लो श्रीलंका टप्पु तर्फ छिरेको छ ।
पहाडी क्षेत्रमा पानी पर्न छोडिए कोशीको ओभरफ्लो कम हुने उपमेयर राईले बताईन् । विपद्मा उद्दारको लागि सवै सरोकारबालाहरुलाई अनुरोध गरेको छ । उनले स्थानीय सरकारको स्रोत, साधनको अधिकत्तम प्रयोग गरि कोशी नियन्त्रणको प्रयास गरेपनि असफल भयो अव सवैले सुरक्षित स्थान तर्फ जान सवैलाई अनुरोध गरेको छ ।

विशेषगरी वृद्धवृद्धा, गर्भवत्ति, महिला तथा बालबालिकाहरुलाई सुरक्षित स्थान तर्फ स्थानतरण गर्न स्थानीय सरकार लागि परेको छ । कोशी तटिय क्षेत्रका सवैलाई माइकिङ गरेर सुरक्षित रहन अनुरोध गरिएको उपमेयर राईले बताईन् ।

कोसी छिर्दा उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीका १ हजार ७ सय परिवारका २० हजार बढीको बसोबास जोखिममा पर्ने छ । त्यस्तै छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिका साथै सुनसरीमा समेत क्षति पुग्ने खतरा छ ।

 

तपाईको प्रतिक्रिया