उदयपुर । उदयपुरमा छुरा प्रहारबाट दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १ फुलजोर स्थित किराना पसल गरी बस्ने सहरमान राईको श्रीमति ४३ वर्षिय सिर्जना राई छुरा प्रहारबाट घाइते बनाएकी छिन् । अर्का छुरा प्रहार गर्ने कटारी नगरपालिका ६ रिस्कु बस्ने ४५ वर्षिय राम कुमार सुर्खेती पनि घाइते भएका छन् ।
एक्कासी सुर्खेती आई घरमा बसिरहेकी सिर्जना राईसँग बादविवाद गरी आफैले बोकी ल्याएको छुरा प्रहार गरि घाइते बनाएका थिए । सिर्जनालाई छुरा प्रहार गरि घाइते बनाएपछि आफुले आफैलाई समेत छुरा प्रहार गरि घाइते भएका थिए ।

आफुले आफैलाई छुरा प्रहार गरि बेहोस अवस्थामा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई उद्दार गरि जिल्ला अस्पताल गाईघाटमा ल्याएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ । छुरा प्रहार गर्ने सुर्खेती सिर्जनाको पूर्व श्रीमान भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया