उदयपुर । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सहित स्वास्थ्यकर्मिको कुनै अत्तोपत्तो छैनन् । प्राविधिक र स्वास्थ्यकर्मीको टुङ्गो नलगाई आँखा अस्पतालका अध्यक्ष तथा मेयरका उम्मेदबार भागवत राउत स्थानीय तहको चुनावको मुखमा टिकट हत्याउन हतार हतार उद्घाटन गर्न भ्याए ।

मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएका दिन बाहेक एक जना बिरामीले पनि चेक जाँच नगराएको स्थानीयबासीको भनाई रहेको छ । उदयपुरमा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघको ब्यवस्थापन र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राबिधिक सहयोगमा गाईघाट २०६५ सालबाट आँखा अस्पताल स्थापना भई सेवा दिन थालेको हो ।

सञ्चालनमा रहेको प्राथमिक आँखा अस्पताललाई नयाँ भवन निर्माणपछि आँखा अस्पतालमा स्तरोउन्नी गरिने भनिएता पनि उद्घाटनपछि नयाँ भवनबाट सेवा सुचारु हुन सकेको छैनन् । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिगाहा जग्गामा आँखा अस्पताल निर्माण गर्न नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको बिशेष पहलमा जापानी राजदूताबासले ९० लाख ५० हजार, साँसद मन्जुकुमारी चौधरीको संसदीय कोष निर्वाचन पुर्वाधार कार्यक्रमबाट ४० लाख, प्रदेश १ सरकारबाट ५० लाख, अस्पताल आउँने सडक कालोपत्रे २२ लाख, अस्पताल पुर्व तर्फको सडक निर्माण प्रदेश सरकारबाट ३२ लाख उपलब्ध गराएको थियो ।

त्यसैगरी आँखा अस्पतालका लागि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको बिशेष पहलमा भारतीय राजदूताबासबाट एम्बुलेन्स उपलब्ध गराएको छ । जापानीज राजदुताबास लगायतको करिब २ करोड ५ लाख ७० हजारको लागतमा ४२ कोठाको ३० बेडको आधुनिक तीन तले आँखा अस्पताल निर्माण गरिएको छ । तर भवन निर्माण गरेसँगै नेपाल सरकारले २ करोड मुल्य बराबरको उपकरणहरु उपलब्ध गराएको भएता पनि चिकित्सकको ब्यवस्थापन गर्न नसक्दा सञ्चालन हुन सकेको छैनन् ।

गाईघाटमा नै आँखा सम्बन्धि अप्रेसन गर्ने सुबिधा सहित नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित नयाँ भवन नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ११ गते उदघाटन गरेको थियो । मदन भण्डारी आँखा अस्पताल र धरहरा उस्तै भएका छन । उदघाटन गर्न सतारो सञ्चालन भने अत्तोपत्तो छैनन् । उदघाटन हुने दिन बाहेक त्यस भवनबाट अन्य कुनै पनि सेवा सुचारु हुन सकेको छैनन् । अस्पतालमा आवश्यक उपकरण सहित भवन निर्माण गर्न ४ करोड ५ लाख ७० हजार अनुमानित लागत खर्च भएको जनाएका छन ।

 

तपाईको प्रतिक्रिया