उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? स्वास्थय स्थिति कस्तो छ लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत चालकको ब्लड प्रेसर जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय जलजले, यातायात व्यवस्था सेवा सेवा कार्यालय गाईघाटको आयोजनामा जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधनको ५० चालकको ब्लड प्रेसर जाँचमा २६ जना अर्थात ५१ प्रतिशतमा प्रेसर हाई देखियो ।

चेक जाँचको क्रममा कोही कोहीमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको भेटियो । केही बसको कागजपत्र समेत फेल भएको भेटियो भने सवारी साधनको नम्बर प्लेट नभएको, सेल्फ विग्रेको, प्रदुषण जाँच पास वर्षौदेखि फेल भएको लगायतको समस्या समेत भेटिएको देखियो ।

जलजले ट्राफिक पोष्ट जलजलेका ट्राफिक इन्चार्ज कटक खड्काका अनुसार अधिकांश सार्वजनिक यातायातको सवारी साधन दुर्घटना हुने गरेको पाईएपछि चालकहरुको ब्लड प्रेसर कस्तो छ ? सवारी साधनको अवस्था कस्तो छ ? लगायत चेक जाँच गरेको बताए । केही चालकहरुको ब्लड प्रेसर हाइ देखिएकोले बेलैमा औषधि उपचार गरेर सवारी साधन चलाउन सुझाब दिइएको इन्चार्ज खड्काले बताए । दुर्घटना न्यूनीकरण गर्नको लागि स्वास्थ्य परीक्षण गरिएको इचार्ज खड्काले बताए । ब्लड प्रेसर भएका विरामीलाई प्रेसर कम गर्ने खालको खाने कुरा खान अनुरोध पनि गरेका बताए ।

तपाईको प्रतिक्रिया