गाईघाट । उदयपुरको गाईघाटमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकलाई किसमस पर्वको अवसरमा अफर नै अफरको स्कीम ल्याएको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले संचालनमा ल्याएको डिपार्टमेन्ट स्टोरको लुगा र जुत्ता खरिदमा भारी छुटको अफर ल्याएको हो ।
डिपार्टमेन्ट स्टोरमा लुगा र जुत्ता खरिद गर्दा २५ प्रतिसत सम्म छुट दिने नीति लिएको छ । यहि मंसिर १९ देखि पुस ९ गते सम्म गार्डेन मार्टमा लुगा किन्दा २५ प्रतिसत र जुत्ता किन्दा १५ प्रतिसत छुट पाउने मार्टका शाखा प्रबन्धक सीताराम अधिकारीले जानकारी दिए । शाखा प्रबन्धक अधिकारीका अनुसार गार्डेनमार्ट जाऔं, लुगा जुत्ता किनौ, किसमस विशेष छुटको अफरमा रमाऔं भन्ने नाराका साथ छुट दिएको बताए ।

‘यो अफर विशेष गरेर किसमसलाई लक्षित गरेर ल्याएको हौ’ प्रबन्धक अधिकारीले भने, ‘हामीले उदयपुरका ग्राहकलाई लक्षित गरेर भारी छुटको अपर दिएका छौ, यसबाट उदयपुरका स्थानीयहरुले सुलभ दरमा लुगा जुत्ता खरिद गर्न सक्नु हुने छ ।’

उदयपुरको सदरमुकामा गाईघाट स्थित हिमाली टोलमा रहेको मार्टले असोज १६ गते देखि व्यवसायिक रुपमा कारोवार सुरु गरेको थियो । मार्टमा घरायसी प्रयोजनका लागी चाहिने किचेनका सम्पूर्ण सामानहरु, ईलेक्ट्रोनिक्सका सामानहरु, लत्ताकपडाहरु, जुत्ताचप्पल लगायतका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउदै आएको छ । व्यवासायिक कारोबार सुरु गरेको छोटो समयमा नै मार्टले गाईघाट क्षेत्रका ग्राहकहरुको मन जित्न सफल भएको स्थानीयहरु बताउछन ।

तपाईको प्रतिक्रिया