गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सिटिजन लाइफ इन्सोरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स गाईघाट शाखाले मृत्यु दावीको रकम शनिबार हस्तान्तरण गरेको हो ।
भगतले सिटिजन लाइफ ईन्स्युरेन्समा शुभारम्भ योजना अन्तर्गत १५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको शाखा मन्जु कुमारी थापाले बताईन् । गत असोज २६ गतेमा बविताको मृत्यु भएपछि उनका हकवाला छोरालाई १५ लाख ९० हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको उनले बताईन । अर्ध वार्षिय प्रिमियम अन्तर्गत ८३ हजार ८३४ रुपैया बराबर भुक्तानी गरेकोमा विमा वापत १५ लाख र बोनस वापत ९० हजार गरी १५ लाख ९० हजार हस्तान्तरण गरिएको शाखा प्रमुख थापाले बताईन् । उनले सिटिजन लाइफ इन्सोरेन्सबाट विमित रकम पाउनेमा उदयपुरको पहिलो रहेको बताईन् । प्रक्रिया थालेको केहि दिनमै रकम हस्तान्तरण गर्न सफल भएको शाखा प्रमुख थापाले बताईन् ।

मानव जिवनमा विमा जुनसुकै सेक्टरमा पनि आवश्यक रहेको विमा दावी रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । जिवन विमा, दुर्घटना, विमा, बैदेशिक रोजगारको विमा लगाएत सबै क्षेत्रमा आफ्नो सुरक्षा र राहतका लागि विमा अति महत्वपूर्ण रहेको प्रमुख अतिथि चौधरीले बताईन् । सानो थोरै बचतले ठुलो रकम प्राप्त गर्न सकिने उदाहरण समेत उहाँले ब्यक्त गर्नुभयो ।

मृतकका छोरा हृदय भगतले बिमा रकम पाउँदा निकै खुसी रहेको बताए । मृत्यु दावी चेक पाएपछि जोखिममा विमाको सबै भन्दा ठुलो महत्व रहेको प्रष्ट भएको उनले बताए ।

ईन्स्योरेन्स कम्पनीले त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत, इन्सोरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रमुख (एविएम) सुरज काफ्ले, क्षेत्रिय बजार प्रमुख (सिवियो) विमल कुमार वाग्ले, सिनियर एजेन्सी म्यानेजर धर्म प्रसाद बरालको उपस्थिति लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको थियो । कार्यक्रम संचालन रामप्रसाद लम्सालले गरेका थिए ।

तपाईको प्रतिक्रिया