उदयपुरगढी । सार्वजनिक निकायहरुमा स्वस्थ खानेपानी उपलब्ध गराउने उद्देश्यले उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ ले खानेपानी फिल्टर वितरण गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को पूर्ण सरसफाई तर्फको बार्षिक बजेटबाट विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, हुलाक, स्वास्थ्य स्वमं सेविकाहरुलाई फिल्टर वितरण गरेको हो ।
वडाको बार्षिक बजेटबाट ६० वटा फिल्टर खरिद गरेर वितरण गरिएको उदयपुरगढी गाउँपालिका वडा ५ नम्बरका वडा अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

वडा अध्यक्ष अधिकारीका अनुसार पूर्ण सरसफाई शिर्षकमा विनियोजन गरिएको एक लाख ५० हजार बजेटबाट ३० लिटर क्षमताका फिल्टर खरिद गरिएको थियो ।

विद्यालय तर्फमा आधारभुत तह (१–५) लाई २ वटा, आधारभुत तह (१–८) लाई ३ वटा र माध्यमिक तहलाई ४ वटाको दरले फिल्टर वितरण गरिएको छ । विद्यार्थी संख्याको आधारमा फिटर वितरण गरिएको हो ।

त्यसैगरि सार्वजनिक निकाय तर्फमा प्रहरी चौकी उदयपुरगढी, इलाका हुलाका कार्यालय उदयपुरगढी र स्वास्थ्य चौकी उदयपुरगढीलाई समेत फिल्टर उपलब्ध गराईएको अधिकारीले बताए ।

विद्यालयमा फिल्टर पाए पछि वडा नम्बर ५ मा रहेका विद्यार्थीहरुले दुषित पानी पिउनु पर्ने वाध्यताबाट छुटकारा पाएका छन । भने स्वास्थ्य चौकी, हुलाक, प्रहरी लगायतका सार्वजनिक निकायका कर्मचारी तथा सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभाम्वित भएका छन् ।

तपाईको प्रतिक्रिया