गाईघाट । करदाता सेवाकार्यालय, गाईघाटले गाईघाटले गत बर्षको तुलनामा ८१ लाख ६८ हजार भन्दा बढि राजस्व संकलन गरेको छ ।
सेवा कार्यालयले गत आर्थिक बर्ष २०७७/०७८ मा ६३ करोड ८१ लाख ४३ हजार तिन सय ६४ रुपैया राजस्व संकलन गरेको हो ।
गत वर्ष सेवा कार्यालयलेल ६२ करोड ९९ लाख ७४ हजार राजस्व संकलन गरेको थियो । जुन गत सालको भन्दा १ दशमलब ३० प्रतिशतले बढि हो ।
कोभिड १९ को संक्रमण विरुद्ध राज्यले निषेधाज्ञा जारी गरे पनि राजस्व लक्ष्य अनुसारको राजस्व संकलन हुनु अर्थ व्यवस्थाको सकारात्मक सूचक करदाता सेवाकार्यालय गाईघाटले जनाएको छ ।

कोभिडको संक्रमणले सम्पूर्ण आर्थिक क्षेत्र आक्रान्त बनेको बेला आयकरमा २९ करोड ३४ लाख ४८ हजार, मूल्य अभिवृद्धि करमा ३१ करोड ३० हजार, अन्त शुल्क वापत ३ करोड ४६ लाख ५३ हजार र विविधमा शिर्षकमा १० हजार राजस्व संकलन गरको करदाता सेवा कार्यालय गाईघाटका सूचना अधिकारी रेक वहादुर मगरले जानकारी दिए ।

सूचना अधिकारी मगरका अनुसार २०७८ असार महिनामा सबै भन्दा बढि १२ करोड ६६ लाख ५२ हजार रकम उठाएको छ भने सबै भन्दा कम २०७७ भदौ महिनमा एक करोड ५० लाख राजस्व उठाएको छ ।

‘करको दायरामा बृद्धि भएको र कर शिक्षा कार्यक्रमको प्रभाव स्वरुप राजस्व संकलनमा सफलता प्राप्त गरेका छौ ।’ सिमित कर्मचारी भए पनि कार्यालय प्रमुखको नेत्तृत्वदायी भुमिकाको कारण प्रतिकुल अवस्थामा पनि सन्तोषजनक राजस्व संकलन भएको भन्दै सूचना अधिकारी मगरले भने ‘कार्यालय प्रमुखको यहीबर्ष सरुवा भए पनि अन्य कर्मचारीहरुको टिमवर्क राम्रो भएकाले लक्ष्यमा पुग्न सफल भएका छौ ।’

दुई बर्ष भन्दा अघि सम्म मुस्किलले ३० करोड राजस्व संकलनन हुँने उदयपुर जिल्लामा ६३ करोड राजस्व संकलन गर्न सफल हुन एकदमै खुसीको कुरा भएको सिके कर परामर्श सेवाका प्रमुख चुडामणी कार्कीले बताए ।

तपाईको प्रतिक्रिया