उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चलाएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जर्वजस्ती करणी र चोरीको आरोपमा सजाय भोग्न बाँकी रहेका प्रतिवादी पक्राउ परेका हुन् ।

त्रियुगा नगरपालिका ८ का ३५ वर्षीय बिजय चौधरी चोरीको मुद्दामा सजाय भोग्न बाँकी रहेका छन, भने चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका वर्ष ४१ का बिजय थुलुङ राईको करणी मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

चौधरीको २०६३ सला मंसिर १३ गते जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा १२ दिन कैद र सात सय ५० रुपैँया जरिवान तिर्नु पर्नै फैसला गरेको छ ।

यसै गरी गौतमका अनुसार पक्राउ परेका राईले २०७३ साल माघ ८ गते जर्वरजस्ती करणी उद्योग गरेको भन्दै जिल्ला अदालतले सजाय तोकेको छ । फैसला कार्यन्वयन गराउन दुवैलाई अदालत पठाइएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया