उदयपुर । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनाको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । असाढको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्र धान रोपिएको छ ।
असाढको पहिलो साता पानी परेपनि व्याडको विउ सानै भएकोले रोपाई शुरु हुन सकेको थिएनन् । दोस्रोमा त्यति पानी नपर्दा उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु अहिले पानी बोरिङ र कुलोको पानीमा रोपाई गर्न थालेका हुन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीका अनुसार जिल्लामा १२ प्रतिशत मात्रै रोपाइँ भएको र बाँकी खेत बाँझै रहेको बताएका छन् । उनका अनुसार प्रतिकुल मौसमका कारण धान रोप्न ढिला हुने चौधरीको भनाइ छ ।

आकाशे वर्षामा निर्भर यहाँका किसान असाढको दोस्रो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् । उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । असारको पहिलो सातासम्म ५ सय ३५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो भने दोस्रो सातासम्म १ हजार ६०५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

उदयपुरमा ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ भने बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । सिंचाई सुविधा पुगेको क्षेत्रमा पनि पानीको मुल नफुट्दा खेतहरु बाँझै रहेको छ । धान खेतीका लागि सिंचाई गरिने त्रियुगा खोला, सेतीखोला, लामाखोला, द्वार खोला, बरुवा, तावाककरु बैजनाथ खोलाको सिंचाईबाट धान खेती हुँदै आएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार खेती योग्य जमिनको सबैभन्दा उत्तम मानिएको बेलका नगरपालिकामा १८ प्रतिशत मात्रै धान रोपाई भएको छ । चौदण्डीगढी नगरपालिकामा करिव १६ प्रतिशतले मात्रै धान रोपाई भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिकामा ७ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुनेमा ४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । त्रियुगा नगरपालिकामा ३५ प्रतिशत धान रोपाई सम्पन्न भएको उनले बताए ।

उदयपुरगढीमा धान उत्पादन हुने १ हजार २९ हेक्टर क्षेत्रफल मध्ये ६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि शाखा प्रमुख पारस फुयालले जानकारी दिए । यस्तै यस वर्ष ६ सय ६२ हेक्टरमा चैते धान पनि लगाएको फुयालले जानकारी दिए । उदयपुरगढीमा ३ हजार ४ सय ६१ हेक्टर खेती योग्य जमिन रहेको कृषि शाखा प्रमुख फुयालले जानकारी दिए ।

लिम्चुङबुङ गाउँपालिकामा ५ प्रतिशत मात्रै धान लगाएको छ भने कटारी नगरपालिकाका किसानले १५ प्रतिशतले मात्रै धान लगाएको छ । धान लगाउने समयमा आकाशे पानीको भर पर्नु परेकोले धान लगाउन ढिलो भएको कटारी नगरपालिकाका कृषि प्राविधिक सोनु मिश्रले बताए ।

यस्तै ताप्ली र रौतामाई गाउँपालिकामा पनि करिव ५–७ प्रतिशतका दरले धान लगाएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

आषाढको पहिलो साता पानी परेपछि दोस्रो साता शुरु भएपछि पानी नपर्दा उदयपुरमा भनेजस्तो धान रोपाई हुन सकेको छैन । धानको पकेट क्षेत्र मानिएका जिल्लाको त्रियुगा नगरपालिका, जोगिदह, हडिया, सुन्दरपुर, कटारी, हर्देनी, बेल्टार, मंयाखु, रौता, पंचावती, तपेश्वरी, लगायतका स्थानीय कृषकहरु आकाशे पानीको भरमा निर्भर छन ।

तपाईको प्रतिक्रिया