उदयपुर । उदयपुरमा विहिबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

विहिबार थप ३५ जना संक्रमित थपिए सँगै जिल्लामा कुल संक्रमितको संख्या ३११ पुगेको छ । आज पनि त्रियुगामा सबै भन्दा बढी संक्रमित २६ जना रहेको छ भने चौदण्डीगढीमा ९ जना संक्रमित थपिएको छ ।

अहिलेसम्म त्रियुगा नगरपालिकाका ६८ महिला र १०४ पुरुष गरी १७२ जना, कटारी नगरपालिकाका १४ महिला र २१ पुरुष गरी ३५ जना, बेलका नगरपालिकाका ३१ महिला र २५ पुरुष गरी ५६ जना, चौदण्डीगढी नगरपालिकाका १३ महिला र १९ पुरुष गरी ३२ जना, रौतामाई गाउँपालिकाका ३ महिला र ६ पुरुष गरी ९ जना, उदयपुरगढी गाउँपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना र लिम्चुङबुङका एक पुरुषमा कोरोना संक्रमित भएका छन् ।

विहिबार मुत्यु र निको हुनेको संख्या भने बढेको छैन् । हाल निको हुनेको संख्या हिजोकै एथावत ४ रहेको छ भने मृत्यु हुनेको संख्या ७ रहेको छ ।

 

तपाईको प्रतिक्रिया