उदयपुर । उदयपुरमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १० महिला सहित २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा देखिएको छ । त्रियुगा नगरपालिकामा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा प्रमुख मोहन सुबेदीकाअनुसार संक्रमण दर बढ्दो छ भने निको हुनेको संख्या न्युन रहेको छ । अहिलेसम्म १ सय ४ महिला र १ सय ३५ पुरुष गरी २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म महिला दुई र पुरुष एक गरी तीन जनाले कोरोना जितेर घर फर्किएका छन् भने दुई महिला र दुई पुरुष गरी चार जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया