उदयपुर । जनप्रेमी माध्यमिक बिद्यालय रिस्कुको ५८ औं बर्षिक उत्सव तथा आम अभिभाबक भेला सम्पन्न भएको छ ।
उदयपुरको कटारी ७ मा रहेको जनप्रेमी माध्यमिक बिद्यालयमा शनिवार एक कार्यक्रममा बीच बार्षिक उत्सव तथा आम अभिभाबक भेला भब्यरूपमा सम्पन्न भएको हो ।कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व बिद्यार्थी प्रदीप ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय पूर्व बिद्यार्थी समाजको गठन गरेको पूर्व बिद्यार्थी सुबीन दनुवारले जानकारी दिए। बिद्यालयका प्रधानाध्यापक डोमिला धमला लगायत बिभिन्न राजनितिक दलका पदाधिकारिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।बर्षिक उत्सवको अबसरमा २०६३, ६४ र ६५ सालका एसएलसि व्याजिले बिद्यालयलाइ दराज १ थान, कुर्सि १० थान, डस्टबिन ६ थान, मन्दीरमा राखिने घन्टी १ थान , पंखा १० थान र साउण्ड सिस्टम १ थान सहयोग गरेको प्रधानाध्यापक डोमिला धमलाले बताउनु भयो।

तपाईको प्रतिक्रिया