उदयपुर । बजाज रे (आरई) थ्री व्हीलर (टेम्पो) को खरिदमा आकस्मिक वीमा योजना अन्तर्गत कालिका अटो लिंक गाईघाटले मृतक परिवारलाई २० लाख बराबरको चेक हस्तान्तरण गरेको छ । बजाज रे (आरई) थ्री व्हीलर (टेम्पो) को योजना अन्तर्गत सुनिश्चित वर्तमान, उज्ज्वल भविष्य योजना अन्तर्गत खोटाङको जन्तेढुंगा गाउँपालिका १ सितिमटारका गणेश खड्का श्रीमति निर्मला खड्कालाई रकम हस्तान्तरण गरेको हो ।बजाज रेका अधिकृत विक्रेता हंशराज हुलासचन्द कम्पनीको अफर अन्तर्गत आकस्मिक विमा वापत २० लाख र स्वास्थ्य विमा वापत ५ लाखको योजना शिखर इन्स्योरेन्स कम्पनी मार्फत ल्याएका थिए । सम्झौता अन्तर्गत मृतक खड्काले २०७५ माघ ६ गते स १ ह ३२३६ नम्बरको तीन पाँग्रे टेम्पो खरिद गरेका थियो । टेम्पो खरिद गरेको एक वर्ष नवित्दै २०७६ माघ ४ गते विरामी लिएर चौदण्डीगढी बेल्टार झरेका घर जानेक्रममा छुइलामा टेम्पो दुर्घटनामा परेको थियो । टेम्पो दुर्घटनामा गम्भिर घाइते उनको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

मृत्यु पछि परिवारले कम्पनीले दिएको योजनामा चासो राखे । मृतक खड्काको परिवार गाईघाट स्थित कालिका अटों लिंकको आधिकारिक डिलरमा आएर घटनाबारे जानकारी गराए । कम्पनीको सुविधा पाउन परिवारले निकै मेहनत गर्नु परेको मृतककी बहिनी हिमला रायाले बताईन् । विधिगत कागजात विना भुक्तानी दिन कम्पनीलाई पनि समस्या हुने भएकाले पहिले प्रमाणहरु सहितको कागजात परिवारले जुटाउन तर्फ लागे । मृतक खड्काको श्रीमती निर्मला खड्का, बहिनी हिमला रायाले यसका लागि धेरै मेहनत गरेको बताईन् । मृतक खड्काको बहिनी हिमला रायाले पुलिस रिपोर्ट, हस्पिटलको रिपोर्टको दौरानमा धरान, गाईघाट धेरै धाएको बताईन् । उनलाई यतिसम्म कि प्रहरी प्रशासन, अदालतका वकिलहरुले यो बिमा योजना फेक रहेको भन्दै कम्पनीको बिज्ञापनको लागि बिमा गराएको सुनाए । यसरी कम्पनीले सजिलै पैसा उपलब्ध नगराउने भन्दै दुःख नगर्न अनुरोध समेत गरेको बहिनी रायाले बताईन । कसैको पनि कुरा सुनिन कम्पनीको विश्वासमै लागेर आज पैसा पाउन सफल भइयो उनले भनिन् । उनले आधिकारीक डिलर गाईघाट शोरुम संगको प्रत्यक्ष पहलमा २० लाख पाउन सफल भएको बताईन् । दाईको मृत्यु पछि घरमा पिडा त छँदै छ, दाई नभएपनि घरमा भाउजु, र ४ छोरीको लागि विमित रकम जिवन जिउन महत्वपूर्ण भूमिका खेल्ने बताईन । सवारी साधन आफैमा जोखिम पेशा भएको र यसैका निम्ति बिमा अति नै आवश्यक रहेको भन्दै उनले बिमा गरिदिने बजाज कम्पनीलाई कृतज्ञयता व्यक्त गरिन् ।

विमा वापतको चेक हस्तान्तरण गर्दै कालिका अटो लिंकका प्रोप्राइटर सुनिल ठाकुरले बजाज कम्पनी एक विश्वासनीय कम्पनीको रुपमा स्थापित रहेकोले यस कम्पनीको योजना कुनै पनि योजना गलत नरहेको बताए । ‘बजाज रे (आरई) थ्री व्हीलर (टेम्पो) को खरिद योजना अन्तर्गत सुनिश्चित वर्तमान, उज्ज्वल भविष्य योजना छ जसमा अटो चलाउँदा दुर्घटनामा मृत्यु भए २० लाख र घाइते भए ५ लाख छ भन्दा केही चालकहरु पाइन्छ र भन्दै खिस्सी उडाएको पनि भेटियो ।’ प्रोप्राइटर ठाकुरले भने, ‘कम्पनीले जे बोलेको छ त्यो त हुदो रहेछ ।’ बजाज कम्पनीले धेरै सेवा सुविधाहरु उपलब्ध गराउँदै ग्राहकहरुको मन जितिसेका र उनीहरुको भविष्यको समेत ग्यारेन्टी लिएर अगाडी बढेको ठाकुरले बताए । बजाज रेमा एउटा यस्तो लगानी जसले शुरूको दिनदेखि नै आम्दानी दिन्छ । उनका अनुसार वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीलाई देशभित्रै रोजगारीको अवसर सृजना गरी आर्थिक रूपमा सम्पन्न बनाउने उद्देश्य रहेको प्रोप्राइटर ठाकुरले बताए ।

सवारी दुर्घटनामा ९० प्रतिशत दुर्घटना मानवीय कारणले हुने गरेकोले त्यसको लागि सवैले सचेत हुनु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख कमल बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ट्राफिक नियम पालना गरे प्रायः दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।

कालिका अटो लिंक गाईघाट बजाज रे शोरुमका म्यानेजर उद्धव अधिकारीले सुनिश्चित वर्तमान, उज्ज्वल भविष्य योजना अन्तर्गत २० लाखको आकस्मिक दुर्घटना विमा र ५ लाखको स्वास्थ्य विमा योजना २०७५ भाद्र १ बाट लागू भई २०७७ साउन ३२ गतेसम्म खरिद गरिएका बजाज रे तीन पाँग्रे टेम्पोमा उपलब्ध रहेको थियो ।

तपाईको प्रतिक्रिया