उदयपुर / अनेरास्ववियू उदयपुरले २६ औं जनयुद्ध दिवस वृक्षारोपन गरेर मनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो क्याम्पस त्रियुगा बहुमुखि क्याम्पस मोतिगढामा वृक्षारोपन कार्यक्रम साथै जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरेर मनाइएको अनेरास्ववियू उदयपुरका अध्यक्ष बिमल कार्कीले जानकारी दिए । विगतका बर्षमा झै यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर अनेरास्ववियूले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दे अनेरास्ववियू उदयपुरको आयोजनामा २६ औं महान जनयुद्व दिवस र जनआन्दोलनको अबसरमा पहिलो चरणको कार्यक्रम महान सहिदहरुको सम्झनामा त्रियुगा जनता बहुमुखी क्याम्पसमा बृक्षारोपन कार्यक्रम गरिएको अक्ष्यक्ष कार्कीले बताए । साथै उनले महान जनयुद्धको जगबाट संघिता र गणतन्त्रको प्राप्ती भएकाले यो उपलब्धी उल्टाउन अहिलेका प्रधानमन्त्री केपि ओली लागेको र संघीता र गणतन्त्रका लागि ओलि प्रवृति खतरा रहेको समेत बताए । कार्यक्रममा अनेरास्ववियू उदयपुरका नेता प्रबेश ठकुरीले जनयुद्ध र ६२/६३ को जनआन्दोलनबाट प्रात्त भएको उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नु पर्ने बेला आएको बताए । यो उपलब्धी प्रधानमन्त्रीका कारण खतरामा परेको समेत उनले बताए । अनेरास्ववियू उदयपुरले त्रियुगा जनता क्याम्पसको वरिपरी विभिन्न प्रकारका करिव २०० भन्दाबढि विरुवाहरु रोपेको छ ।

तपाईको प्रतिक्रिया