उदयपुर । नेकपा सहित तीन दलले जिल्ला निर्वाचन कार्यालय उदयपुरलाई विरोध पत्र बुझाएको छ । नेकपा (बहुमत) पक्ष सहित जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले निर्वाचनको तयारी सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने घोषणा गरेको हो ।
नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, जसपाका उपाध्यक्ष सुवास राई र जनमोर्चाका सचिव लिलकुमार राईले निर्वाचन कार्यालयलाई बिरोध पत्र बुझाउँदै सम्मानित सर्वाेच्च अदालतबाट प्रतिनिधी सभाको विघटनको मुद्दाको किनारा नलागेसम्म निर्वाचनको कार्यक्रममा सहभागी नहुने जनाएको हो ।
विरोध पत्रमा २०७७ पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेकाले हाम्रो पार्टीको त्यस प्रति तीव्र आपत्ति र घोर भत्र्सना गर्दछौ भनिएको छ । ‘हामी ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तो सुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको जानकारी दिन चाहन्छौं ।’
तीन दलले निर्वाचन कार्यालयमा पठाएको विरोध पत्रमा संसद विघटन र निर्वाचन घोषणाको मुद्दा सम्मानित सर्वाेच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचन तयारी अघि नबढाउन आग्रह गरिएको नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवालले जानकारी दिए । निर्वाचन सम्बन्धी कुनै पनि क्रियाकलापमा सम्मानित सर्वोच्च अदालतबाट फैसला नआउन्जेल सम्म हाम्रो पार्टी सहभागी नहँुने जानकारी गराईएको अध्यक्षले बताए ।

तपाईको प्रतिक्रिया