उदयपुर । कोरोनाबाट उदयपुरका एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का १८ वर्षीय युवकको कोरोनाबाट आज मृत्यु भएको हो ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त कोरोना संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।
उक्त पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ । ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया