काठमाडौं । बागमती प्रदेशको मुख्य मन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । अविश्वासको प्रस्ताव दर्तासँगै तीनजना मन्त्रीले राजीनामा पनि दिएका छन् ।
शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् ।
पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन् । त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ । यता, प्रचण्ड नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोग पुगेर आफू वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय आयोगमा बुझाएका छन् ।

तपाईको प्रतिक्रिया