उदयपुर । उदयपुरमा ठूलो परिमाणमा राजश्व छली गरि ल्याउँदै गरेको सामान बुधबार प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ ल्याउँदै गरेको अन्दाजी २ दुई लाख ४७ हजार ४ सय ९४ रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको छ । लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना. १ क ३७६३ नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको ग्याँस चुला र कुकर लगायतका सामानमा राजश्व छली गरी ल्याउँदै गर्दा पिकअपको चालक सिरहा मिर्चैया नगरपालिका वडा न. २ बस्ने ३१ वर्षिय अर्जुन श्रेष्ठ र ग्याँस चुला,कुकर समान ल्याउने सोही नगरपालिका १ कर्जना बस्ने २४ वर्षिय रविन दाहाल सेमतलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय उदयपुर गाईघाटमा बुझाएको प्रहरीले जनाएको छ ।

यस्तै लालपत्ताबाटै लाहानबाट गाईघाट तर्फ आउँदै गरेको विङगर गाडीमा कुनै पनि विल विजक नभएको र जिम्मेवार मानिस समेत नभएकोले २४ पोका कविर सुर्ति समेत बरामद गरेको छ । बरामद सूर्ति आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय उदयपुर गाईघाटमा बुझाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया