काठमाडौं । नेकपा स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।
स्थायी समिति बैठक पुस ५ गते बस्ने गरी सकिएको हो । बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरुबारे ५ गते बस्ने बैठकले केन्द्रीय समितिमा पेश गर्ने तयारी छ । केन्द्रीय समिति बैठक पुस १० गते बस्ने तय भएको छ ।
आजको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो समय छलफलपछि बसेको थियो ।









