उदयपुर । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको प्रति नेपाली काँग्रेस उदयपुरको गम्भिर ध्यानकर्षण भएको छ । गृह जिल्ला तनहुँको व्यास नगरपालिका मोटरेवल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।
कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ ।
आपतिजनक एवं निन्दनीय दुव्र्यवहार र गिरफ्तार प्रति नेपाली काँग्रेस उदयपुरको गम्भिर ध्यानकर्ष भएको नेपाली काँग्रेस उदयपुरका सभापति विदर बस्नेतद्धारा जारी विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीसहित

तपाईको प्रतिक्रिया