उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताले शनिबार विल विजक विनाको मिठाई बरामद गरेको छ । विरगंजबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ च ३३३८ नम्बरको पिकअप गाडीमा रितेश शुद्ध मिठाई लेखिएको विल विजक विनाको ३३ कार्टुन मिठाई प्रहरीले बरामद गरेको छ ।
यस्तै पिकअप चालक महोत्तरी बर्दिबास नगरपालिका ९ बस्ने ३५ वर्षिय रामशरण महतो र महोत्तरी औरही ७ बस्ने २२ वर्षिय सुशिल यादवलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व सेवा कार्यालय गाईघाटमा प्रहरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया