उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ जोगी पोखरीबाट लागूऔषध सहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका ३ फत्तेपुर बस्ने १९ वर्षिय युवक प्रदिप देउजा पक्राउ परेको छ ।अस्थायी प्रहरी पोष्ट सगरमाथा तरकारी बजार गाईघाटबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँचको बुधबार साँझ ६ बजे नाइटोजेपाम ३२ ट्याब्लेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको देउजालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया