राजेन्द्र महतो, लहान । सिरहाको नरहा गाउपालिका १० पदमपुरमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाको चोहर्वा–सिरहा सडक खण्ड अन्तर्गत सिरहाबाट चोहर्वा तर्फ जाँदै गरेको ना.५ ख. ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशाबाट आउदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा घाईते भएका सिरहा नगरपालिका वडा नं. ११ भलुवाहीका अन्दाजी २५ वर्षिय देव नारायण कामती र अर्का सोही ठाउँ बस्ने २६ वर्षिय अरुण कुमार कामतीको उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय बिष्णुपुरको नियन्त्रणमा रहेको प्रहरीले बताएका छन ।

तपाईको प्रतिक्रिया