राजेन्द्र महतो, लहान । सिरहाको धनगढी माई नगरपालिका ८ को विजय कुमार सिंहलाई हेल्प मधेशी, विष्मिल्लाह सेवा समाज दोहा कत्तारको आर्थिक सहयोगमा सनराइज युवा सञजल सिरहाले सिंहको कानमा भएको घाउको अप्रेसन गरार्इ दिएका छन् ।
कान पिडित विजय कुमार सिंहको घर परिवारमा कोहि पनि छैन। ऊनी कहिले बाटोमा त कहिले जहाँ काम गर्थे त्यही घर मालिकको घरमा गुजरा गर्दै जीवन बिताइरहेका थिए । अचानक उनको कानमा घाउ भयो र पैसाको अभावमा उनी कानको उपचार गराउन न सकेर निकै कष्टकर जीवन बितारहेका थिए। यसबारे सनराइज युवा संजाल सिरहालाई जानकारी भए पछि संस्थाले उनको उपचारको लागि पहल गरेर उद्धार गरेको सनराइज युवा संजालकी अध्यक्ष सोहानी शोभा साहले बताईन ।
अध्यक्ष साहकी निकै सक्रिय भुमिकामा संजालका उपाध्यक्ष पारस साह, कोषाध्यक्ष सन्तोष साहले पीडित बिरामी विजय कुमार सिंहलाई धरानको बि.पी. कोइराला प्रतिष्ठानमा लगेर अप्रेसन गराई दिएका हुन् ।
पीडित सिंहको उपचारमा विष्मिल्लाह समाज दोहा कत्तारले नब्बे हजार र हेल्प मधेशी संस्थले तीस हजार गरी जम्मा एक लाख २० हजार खर्चमा उनको उपचारमा सहयोग गरिएको संजालकी अध्यक्ष साहले बताईन ।
सहयोगी हात न्यू मुस्लिम समाज सुधार नेपाल र हेल्प मधेशी संस्थाले सनराइज युथ सिराहा सञ्जालले गरेको काम अति पर्सनिय रहेको बताएका छ्न।
हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादव लगायत अन्य सदस्यहरुले मंगलबार धनगढी माई नगरपालिका ८ का कान उपचार गराएका सिंहको स्वस्थ अवस्था बारे जानकारी लिदै संजालको काम पर्सनिय कार्य गरेको बताएका छ्न।
लगभग एक वर्ष देखी कानको घाउले पीडित सिंह घर परिवारमा आमा, बुवा, छोरा छोरी कोई पनि छैन । धन सम्पति त के भनु आफ्नो घर पनि छैन। ज्यान राम्रो भएको बेला रामकुमार यादवको घरमा बसेर र ज्याला मजदूरी गरेर आफ्नो गुजारा गरिरहेको थियो। तर १ वर्ष पहिला उसको कानमा घाउ भएको कुरा थाहा पाए पछि उपचार गराउन जाँदा त्यति बेला पैसाको अभाबले गराउन सकेन र त्यस दिन देखी पीडामा थिए । आज भन्दा केही दिन अगाडि यो कुरा संजालले पाउँदा उसलाई धरान लागेर त्यहाँ उपचार गराए ।अहिले त्यो पीडित निको भएका छ्न।
यस उपचारको लागि सहयोग गर्नु भएको न्यू मुस्लिम समाज सुधार नेपाल र हेल्प मधेशी संस्था रहेको थियो।

तपाईको प्रतिक्रिया