राजेन्द्र महतो, लहान । गरिव तथा विपन्न बालबालिकाहरुलाई सनराइज युथ संजालले सिरहाले दलित तथा गरीब बालबालिकाहरुलाई किताब, कापी, कलम तथा पढने साम्रगी वितरण गरी टीका लगाई दिएका थिए । सिरहा नगरपालिका ८ मैसोथा स्थित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्यहरुले दलित समुदायका करीब ५० जना बालबालिकाहरुलाई निधार टीका लगार्इ कापी, किताब र कलम वितरण गरेका हुन।
कार्यक्रममा सह संस्थापिका शोभा शाहले आजको बालबालिकाहरु भोलीका कर्णधार हुन भन्दै कुनै पनि दलित तथा गरिब बालबालिकाहरु पढार्इबाट बञ्चित नरहोस बताएकी थिईन्।
कार्यक्रममा स्थानीय बुद्धिजीवी राजिप यादव, इ.सन्तोष साह, इ.सन्तोष गुप्ता,अभाश दास, रुपेश यादव, प्रवेश सिंह, अनिल सिंह, सन्तोष शाह, सुन्दर शाह लगायतका सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्यहरुको सहभागीता रहेका थिए।

तपाईको प्रतिक्रिया