उदयपुर । ‘स्वास्थको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ बडादशैंको अवसरमा ब्याडमिन्टन प्रतियोगिता उदयपुरको कटारीमा सम्पन भएको छ ।
कटारी नगरपालिका २ गुरासमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । गुरास क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा बेलसोतका हिमाल खड्का र देवराज कार्कीले उपाधि हात पारेका छन् ।
खड्का र कार्कीको जोडीले प्रतियोगिताको उपाधि चुमेका थिए भने तिलक मगर र सन्तानु राईले दोस्रो स्थान हाँसिल गरेका गुरास क्लबका खेल संयोजक गोपी जंग कार्कीले बताए ।
प्रतियोगिताको प्रथम हुनेलाई नगद रु.१८ हजार बराबरको खसी, सील्ड र मेडलसमेत प्रदान गरिएको थियो । दोश्रो र तेस्रो हुने खेलाडीहरुलाई सम्मान स्वरूप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक कार्कीले जानकारी दिए ।
गुरासमा यही कात्तिक ५ गते शुरु भएको ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको हो । प्रशिक्षकको रुपमा उजिर बुढाथोकी रहेका थिए ।
प्रतियोगितामा नगरभित्रका विभिन्न १३ टिमले सहभागिता जनाएको कटारी २ का वडा अध्यक्ष प्रेम थापाले बताए । खेलमा सहभागीहरुलाई मायाको चिनो र जर्सीसमेत प्रदान गरिएको आयोजक प्रतिनिधि सन्तोष कार्कीले बताए ।
व्याडमिन्टन प्रतियोगिताको लागि आर्थिक सहयोग गर्नेहरु क्रमशः सरस्वती गुरुङ, सुर्य लामा, प्रेम बहादुर थापा छेत्री, पूर्ण बहादुर खडका, कुमार श्रेष्ठ, काशी पोखेरल र अनिश पौडेल रहेका छन ।

तपाईको प्रतिक्रिया