उदयपुर । उदयपुरको कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल लगायत चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज कात्तिक १५ गतेसम्मको लागि स्थगित गरेको छ । कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतले एक प्रेस विज्ञप्ती जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि नगरपालिकाका कामकाज स्थगन गरिएको जनाएको छ ।
महामारीको समयमा पनि जनतालाइई सेवा सुविधाबाट बन्चित गर्नु हुँदैन भन्ने मान्यता राख्दै सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएकोले दशैं, तिहार तथा छट पर्व जहाँ हुनुहुन्छ त्यही बसेर मनाउन नगरबासीमा अनुरोध गरेको छ ।
विज्ञप्ती

तपाईको प्रतिक्रिया