उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेका एक बैंकका ४ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नेपाल बैंक गाईघाट शाखाका दुई महिला र दुई पुरुष रहेका छन् ।
गत शुक्रबार ६ जना कर्मचारीको स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा ४ जनामा संक्रमन देखिएको स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
संक्रमित हुनेमा ३६-३६ वर्षिय महिला र ३२ र २५ वर्षिय पुरूष रहेका छन । बैकका कर्मचारीलाई संक्रमन देखिए सेवा पुर्ण रूपमा बन्द गरिएको छ भने एटीएम सेवा अन्य बैंकबाट पनि लिन सकिने शाखा प्रमुख गोविन्द त्रिपाठीले बताए ।
उदयपुरमा हालसम्म संक्रमितको संख्या २ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया