उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित बसपार्कबाट शनिबार एक लाख ५० हजार बराबरको अवैध सूर्ति प्रहरीले बरामद गरेको छ ।
नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा जुटको बोरामा प्याक भएको एक लाख ५० हजार बराबरको खुला सूर्ति दश (१०) बोरा गरेको छ ।
फेला परेको सूर्ति आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाट पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया