उदयपुर । उदयपुरमा करिव १३ सय केजी अवैध तेजपातको बोक्रा सहित एक जना पक्राउ परेको छ । शुक्रबार साँझ ७ बजेको समयमा रौतामाईबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ७०९५ नम्बरको ट्याक्टरमा अवैध रुपमा ल्याई रहेको एक हजार दुई सय ९१ केजी तेजपात सहित चालक पक्राउ परेको छ ।
ट्याक्टर चालक त्रियुगा नगरपालिका ९ गैहरुन बस्ने २४ वर्षिय भोजराज राउत रहेका छन् । अवैध तेजपात सहित ट्याक्टर र चालकलाई आवश्यक कारबाहीको लागि सव डिभिजन कार्यालय कार्यालय भुट्टार पठाइएको छ ।

तपाईको प्रतिक्रिया