उदयपुर । सिधिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती बा २० च ७१७१ नम्बरको स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियोे । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा परि मृत्यु हुने थप तीन जनाको पहिचान खुलेको छ । अोखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ का ३५ नरिमाया सार्की र ४० वर्षिय खड्ग बहादुर सार्की र कटारी नगरपालिका ८ सिरिसेका महेश बहादुर वि.क. घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दाहालले बताए ।यस्तै यसअघि नै पहिचान खुलेका मृतक ओखलढुंगा मानेभञ्ज्याङ–९ का ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण बहादुर सार्की रहेका छन्।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की १८ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने घाइते २१ वर्षिय कुमारी सार्कको कटारी अस्पतालमा उपचार भईरहेको छ ।

गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ। मृतकको शव ईलाका प्रहरी कार्यलय कटारीको टोली, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो ।
उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइन १४ दिन बसेर गाडी रिर्जभ गरी घर हिडेका थिए ।

तपाईको प्रतिक्रिया